Logo

समाचार

धनुषामा एकै दिन फरार ४४ प्रतिवादी पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट पक्राउ परेका प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको छ।

उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेका छन् भने चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण, लुटपाट, कुटपिटलगायत विभिन्न मुद्दाका फरार अभियुक्त पनि समेटिएका छन्।

पक्राउ परेकाहरूलाई अदालतले ६ दिनदेखि ४ वर्षसम्म कैद तथा ५०० रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवानाको फैसला सुनाएको थियो। प्रहरीले फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार २१:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।