Logo

समाचार

निर्माणाधीन घरको पानीट्यांकीमा भेटियो दुई जनाको शव



काठमाडौं। दाङको तुलसीपुर उपमहानगर–६ स्थित निर्माणाधीन घरको पानीट्यांकीमा  दुई जनाको शव फेला परेको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बुधबार तुलसीपुर उपमहानगरका रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानीट्यांकीमा दुई जनाको शव भेटिएको हो।

खाली पानीट्यांकीमा फेला परेका शवबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले बताए।

अक्सिजनको कमी भएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। ती शव मजदुर र ठेकेदारको भएको बुझिएको छ। मृतकको थप पहिचानका लागि अनसन्धान सुरु गरिएको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार ०८:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।