Logo

समाचार

सिरहामा गोली चल्यो, ६ जना नियन्त्रणमा



काठमाडौं । सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले बिहीबार दिउँसो लहानस्थित हस्पिटल चोकमा गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना भारतीय र १ जना नेपाली रहेका छन्। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

१ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार २०:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।