Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनकाे मूल्य ताेलामा ५ हजार ८०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघलले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको मूल्य १५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार ११:३२   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।