Logo

अर्थ

सेयर बजारमा ७.९० अंकको वृद्धि, ६ अर्ब २६ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४ को विन्दुमा कायम भएको छ ।

आज १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सानिमा बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १५:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।