Logo

समाचार

धनुषामा गोली चलाएर खैरो हेरोइनसहित दुईजना पक्राउ



जनकपुरधाम । प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले शुक्रबार ढल्केवरको पुल नजिक गोली चलाएर ती दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मधुसुदन न्यौपाने उनीहरूसँग ९५.५९० ग्राम खैरो हेरोइन फेला परेको जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १६:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।