Logo

समाचार

गुण्डागर्दी र अपराधमा संलग्न १८ सय ७१ जनाको प्रहरीले तयार पार्‍यो क्रिमिनल प्रोफाइल



काठमाडौं । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।

गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको हो ।

कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १६:४०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।