Logo

अर्थ

लिबर्टी माइक्रो लाइफ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिरुवा–१, स्याङ्जा बीच सहकारीका सम्पूर्ण सदस्यहरूलाई लघु जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा कोअपरेटिभ म्यानेजर्स क्लब स्याङ्जाका अध्यक्ष समेत रहेका सहकारीका व्यवस्थापक शिव वाग्ले तथा कोषाध्यक्ष चिन्तामणि रेग्मीले हस्ताक्षर गरे ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट क्षेत्रीय प्रमुख शिवप्रसाद पौडेल तथा शिवराम जोशीको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

यस सहकार्यले सहकारीका सदस्यहरूलाई वित्तीय सुरक्षा तथा जीवन बीमाको पहुँच अझ प्रभावकारी रूपमा विस्तार गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १६:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।