काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल–स्पीति जिल्लाको सीमावर्ती कडू नालामा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिरोसँगै खसेको ठूलो चट्टान टाटा सुमो गाडीमाथि बजारिँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते दुई जनाको उपचार भइरहेको छ।
घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले दुःख व्यक्त गर्दै घाइतेको प्रभावकारी उपचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्।





















प्रतिक्रिया