Logo

समाचार

तनहुँमा माइक्रोबस दुर्घटना, ८ यात्रु घाइते



काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

गण्डकी प्रदेश ०१–००१ ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चालकसहित १२ जना सवार रहेको माइक्रोबसमा चार जना सकुशल रहेका छन्। घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार २१:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।