Logo

Sports

काभा च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार



काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

शुक्रबार इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सोझो सेटमा पराजित गर्‍यो।

खेलभरि पाकिस्तानले आक्रामक प्रदर्शन र बलियो ब्लकिङमार्फत नेपालमाथि दबाब कायम राख्यो। नेपालले कुनै पनि सेटमा प्रभावशाली चुनौती दिन सकेन।

यस जितसँगै पाकिस्तानले लगातार तेस्रो विजय हासिल गर्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। नेपाल भने लगातार तीन खेलमा हार बेहोर्दै २ अंकमै सीमित छ।

नेपालले यसअघि पहिलो खेलमा काजकिस्तानसँग ३–२ तथा दोस्रो खेलमा श्रीलंकासँग पनि पाँच सेटसम्म संघर्ष गरे पनि पराजित भएको थियो। पाकिस्तानविरुद्ध भने नेपाल अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल रह्यो।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार २१:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।