Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै आज प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४१० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आईतवार ११:१६   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।