Logo

अन्तर्राष्ट्रिय

जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि



एजेन्सी । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो ।

तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन् । सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता, लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम मापन भएको यो सबैभन्दा लामो अवधि हो ।

मिए प्रान्तको कुओआना सहरमा तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो । गिफु प्रान्तमा मिनो सहरमा ४०.८ डिग्री सेल्सियस र ताजिमी सहरमा ४०.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

त्यस्तै, शिजुओका प्रान्तको हमामात्सु सहरमा ४०.३ डिग्री सेल्सियस र आइची प्रान्तको टोयोटा सहरमा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

यसैबीच, शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : १० श्रावण २०८३, आईतवार १६:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।