Logo

समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै



काठमाडौं । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ । आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

गृह मन्त्रालयले घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार १२:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।