Logo

प्रमुख समाचार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ



काठमाडौं । एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका-४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल-१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ । एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १४:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।