Logo

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक



काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

बैठक बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकले नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नेछ ।

दिवङ्गत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि श्रावण १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय भएको छ ।

पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपश्चात् उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १६:२४   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।