Logo

राजनीति

पार्टीका वरिष्ठ नेताको निधनप्रति सभापति थापाले दिए श्रद्धाञ्जली



काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो।

‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ,’ उनले भने, ‘स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ।’

यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १८:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।