Logo

अर्थ

लगातार तेस्रो दिन घट्यो सेयर बजार



काठमाडौं । लगातार तेस्रो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ ।

आज बजारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको सेयर घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबार पनि घटेर ४ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

आज बजारमा एभरेष्ट कलरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने गरिमा समृद्धि योजनाका इकाइहरुले सर्वाधिक गुमाएका छन् ।

बजारमा आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २२ करोड ४७ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १५:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।