Logo

समाचार

बिमा र धितोपत्रसम्बन्धी मुद्दामा व्यवसायी अमित मोर धरौटीमा रिहा



काठमाडौं। लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर बिमासम्बन्धी कसुर र धितोपत्रसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका छन्।

हिमालयन रि इन्स्योरेन्ससँग जोडेर मोरलाई अनुसन्धान गरिरहेको थियो। थुनछेक बहस चलिरहेको बेला प्रबन्ध निर्देशक मोरलाई जिल्ला अदालत काठमाडौं दुई मुद्दामा अदालतले ८० लाख रूपैयाँ धरौटी मागेको हो।

उनलाई बिमातर्फ ६० लाख र धितोपत्रसम्बन्धी मुद्दामा २० लाख धरौटी मागेको थियो। मोरले सो धरौटी रकम जम्मा गरेसँगै रिहा भएका हुन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १९:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।