Logo

शेयर बजार

धितोपत्र बोर्ड र गैरआवासीय नेपालीका प्रतिनिधिबीच छलफल



काठमाडौं। नेपाल धितोपत्र बोर्ड र गैरआवासीय नेपालीका प्रतिनिधिबीच छलफल भएको छ। छलफलमा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टलगायत उच्च पदाधिकारी सहभागी थिए।

बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरेबमोजिम आगामी आर्थिक वर्षमा पूँजी बजार नीतिमा समेत कार्यक्रम समाविष्ट गर्ने जानकारी दिएका थिए।

त्यस्तै, गैरआवासीय नेपालीहरूले समुन्नत मुलुकमा सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोड्ने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको उनको भनाइ थियो।

छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिले नेपाल सरकार तथा बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा आफूहरूले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार २०:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।