काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व-उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रतिको गहिरो शोक व्यक्त गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ।
महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यालय पुगी नेता श्रेष्ठको पार्थिव शरीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
श्रद्धाञ्जली अर्पणपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गुरुङले वरिष्ठ नेता श्रेष्ठको निधनबाट नेपाली कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक निष्ठावान, त्यागी र सच्चा राजनीतिज्ञ गुमाएको बताउनुभयो। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभयो।
नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाका लागि लामो समयसम्म संघर्षशील रहनुभएका नेता श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका नेता-कार्यकर्ता तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै, उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्।





















प्रतिक्रिया