Logo

राजनीति

रास्वपाले गठन गर्‍यो ७ सदस्यीय पार्टी सचिवालय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार सभापति रवि लामिछानेको नेतृत्वमा उपसभापति डा. स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेको सचिवालय गठन गर्ने निर्णय गरेको हो।

बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने, विभागीय कार्यविधि पारित गर्ने, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग महिनामा एक पटक नियमित प्रत्यक्ष संवाद गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार २१:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।