कर्णाली।जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
थापाले धर्मका नाममा झारफुक तथा हेराइमनाइ गर्छु भन्दै एक महिलालाई दुर्व्यहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थापालाई फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए। लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो। उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।




















प्रतिक्रिया