Logo

अर्थ

सेयर बजारमा १६ अंकको गिरावट, ३ अर्ब ३८ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १६.२९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ ।

आज ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १५:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।