Logo

अर्थ

एनआईसी एशिया बैंकमा नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्डसम्बन्धी अक्वायरिङ सेवा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार अब नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कअन्तर्गतका डिस्कभर कार्ड र अन्य अन्तर्राष्ट्रिय साझेदार कार्डहरू पनि बैंकका एटीएम तथा पीओएस टर्मिनलमार्फत प्रयोग गर्न सकिनेछ। यसअघि पनि बैंकले विभिन्न कार्ड प्रणालीमार्फत डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएकोमा नयाँ सेवाले राष्ट्रिय कार्ड प्रणालीको प्रवर्द्धनसँगै डिजिटल वित्तीय प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपालपे कार्ड राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड प्रणाली हो। यो कार्ड नेपालभित्र राष्ट्रिय भुक्तानी स्विचमार्फत र विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ। यस प्रणाली लागू भएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था भएको छ।

साथै, डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालमा सहज रूपमा प्रयोग गर्न सकिनेछ।

एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे कार्ड प्रणालीमा आबद्ध भइसकेका छन्।

तीमध्ये सात बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ वटा संस्थाले अक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन्। आगामी दिनमा यसमा आबद्ध हुने संस्थाको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

एनआईसी एशिया बैंकले हाल देशभर लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा प्रविधिमैत्री सुधारलाई तीव्रता दिएको जनाएको छ। बैंकका देशभर ३१६ शाखा, १०३ विस्तारित काउन्टर तथा अन्य सेवा सञ्जालमार्फत बैंकिङ सेवा उपलब्ध हुँदै आएको छ।४ एटीएम टर्मिनलसञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १६:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।