Logo

राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट, के भयो छलफल?



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय महत्वका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तराई-मधेश क्षेत्रमा पछिल्ला दिनमा विकसित परिस्थितिलगायत समसामयिक राष्ट्रिय विषयमा दुवै नेताबीच विचार आदानप्रदान भएको बुझिएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रका प्रमुखका रूपमा राष्ट्रपति पौडेललाई मुलुकको समसामयिक अवस्थाबारे जानकारी गराउनुका साथै सरकारका प्राथमिकता र पछिल्ला गतिविधिबारे पनि जानकारी गराएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार २१:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।