काठमाडौं।नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ।
केन्द्रीय बैंकले सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ।
कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भए त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिए।
भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सम्बन्धी बारम्बार सोधिने प्रश्नको छुट्टै खण्ड समावेश गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ। यस्तै, करदाता प्रोत्साहनसम्बन्धी सूचना साउन १६ गतेदेखि प्रवाह गर्नसमेत आग्रह गरिएको छ।




















प्रतिक्रिया