Logo

समाचार

धानको भुसभित्र लुकाएर लैजाँदै गरेको एक मेट्रिक टन बढी गाँजा बरामद



मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले एक टनभन्दा बढी गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरीको संयुक्त टोलीले को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट १ हजार ३३ केजी गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार धानको भुसका बोरामुनि लुकाएर राखिएको ३१ पोका गाँजा विशेष सूचनाका आधारमा जाँचका क्रममा फेला परेको थियो। घटनामा धनकुटाको पाख्रीबास–९ का २८ वर्षीय चालक उमेश तामाङ पक्राउ परेका छन्।

बरामद गाँजा धनकुटाबाट भारततर्फ तस्करी गर्न लागिएको आशंकामा प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार २०:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।