काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।
राति पनि अधिकांश क्षेत्रमा वर्षा जारी रहने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
साथै प्रतिकूल मौसमले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।




















प्रतिक्रिया