काठमाडाैं । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।
अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको सूचनाका आधारमा सोमबार बिहान मोरङ प्रहरीको टोलीले मुन्दडाको घरमा छापा मारेको थियो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको नेतृत्वमा पुगेको टोलीले पाँच घण्टासम्म खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फका सडकसमेत नियन्त्रणमा लिएको थियो । प्राप्त सूचनाका आधारमा अनुसन्धानका लागि खानतलासी गरिएको तर खोजीका क्रममा कुनै अवैध सामग्री फेला नपरेपछि टोली फर्किएको जनाइएको छ ।
देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् ।




















प्रतिक्रिया