Logo

अर्थ

खुला सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी इन्द्र प्रसाद शेरचनको स्वामित्वमा रहेको १५ हजार २७ कित्ता संस्थापक सेयर सर्वसाधरणका लागि बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिने सूचना जारी गरी बिक्री गरेको सो सेयर यस समयभित्र बिक्री नभएपछि अहिले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

सो सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार ११:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।