Logo

राजनीति

न्यायाधीश प्रकरणमा सरकारको चुनौती साहसिक, एनजिओको बजेट सरकारी कोषमा ल्याउने कानुन बनाए २१ तोपको सलामी दिन्छु : गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले केही न्यायाधीशलाई राजीनामा दिन सरकारले धम्की दिएको भन्ने विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले लगाएको आरोप पुष्टि गर्न सरकार आफैंले चुनौती दिएको कदमलाई “साहसिक” बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,

“केही न्यायाधीशलाई राजीनामा गर्न सरकारले धम्की दिएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको आरोप पुष्टि गर्न सरकारले दिएको चुनौती साहसिक छ।तर तीन सय जति आईएनजिओ र तीस हजारभन्दा बढी एनजिओका बजेट सरकारी कोषमा दाखिला गर्नै पर्ने कानुन सरकारले बनायो भने २१ तोपको सलामी दिन्छु, म।”

बाँस्कोटाको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार ०९:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।