Logo

अर्थ

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

नेपाल टेलिकमले बुधबार आयोजित एक कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्रिकेटर भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता भएको जनाएको छ। सम्झौता साउन २० गते सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।

नेपाल टेलिकमका अनुसार भुर्तेलसँगको सहकार्यले कम्पनीका सेवा तथा ब्रान्डलाई युवा पुस्तामाझ थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका भुर्तेलको लोकप्रियताले डिजिटल सेवा र दूरसञ्चार प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास कम्पनीको छ।

सम्झौतापछि नेपाल टेलिकमले भुर्तेललाई आफ्नो परिवारमा स्वागत गर्दै आगामी दिनमा विभिन्न प्रचार–प्रसार तथा जनचेतनामूलक अभियानमा सहकार्य गर्ने जनाएको छ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने नारासहित देशभर दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार ११:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।