काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी इनेबल गर्न सम्झौता भएको छ ।
एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस)सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ, साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्नेछ ।
एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।
एनसीएचएलको इएफटी सर्भिसेस् मार्पmत हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ ।
इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने ११ भन्दा बढि बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग शुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ ।
ज्योति विकास बैंकले १० लाख भन्दा बढि ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो १२१ शाखा, २ एक्सटेन्शन काउन्टर तथा ७५ वटा एटीएमहरु मार्फत सेवाको पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ ।




















प्रतिक्रिया