काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ ।
कार्यतालिका अनुसार साउन महिनामा अब ४ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन संसद् बैठकका लागि दिन तय गरिएको छ । साउन महिनामा २२, २४, २५ र २६ गते बैठक बस्नेछ । भदौ महिनामा १५ गतेसम्म १, २, ३, ८, ९ र १० गते बैठक बस्नेछ ।
प्रतिनिधि सभाको यो अवधि विधेयकहरू पारित गर्ने र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौताहरूमाथि छलफल गर्ने कार्यमा केन्द्रित हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
कार्यतालिका अनुसार साउन २४ र भदौ ४, ५, ६ र ७ गते भने संसदीय समितिका बैठकहरूका लागि समय छुट्याइएको छ, जसका कारण ती दिनहरूमा प्रतिनिधि सभाको पूर्ण बैठक बस्ने छैन ।




















प्रतिक्रिया