Logo

अर्थ

असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, कति तिर्नुपर्छ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको हो ।

नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन सकिने नेप्सेले जनाएको छ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले प्रस्ट पारेको छ ।

विनियमावलीअनुसार चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ तिर्नुपर्छ । यसैगरी डिबेन्चर र म्युचुअल फन्डले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएमा २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएमा ५० हजार रुपैयाँ तिर्नुपर्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १४:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।