Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ६२ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ ।

आज ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४७ करोड २४ लाख रुपैयााको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एलएस होराइन १२ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६.५० प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १५:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।