Logo

अर्थ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्ट (नामावलीसहित)



काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणमा छनोट भएका छन्। कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उनीहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको हो।

समितिको साउन २१ गते बसेको बैठकको निर्णयअनुसार वर्णानुक्रममा छनोट भएका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्। उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २५ र २६ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको थियो। अब प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट तथा सिफारिस समितिले उत्कृष्ट उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।

कार्यकारी निर्देशक नागरिक लगानी कोषको प्रमुख कार्यकारी पद हो। कोषको लगानी व्यवस्थापन, वित्तीय रणनीति, संस्थागत सुशासन तथा दीर्घकालीन नीतिगत नेतृत्वमा यो पद महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १६:११   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।