काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले करिब ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटाको शहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलाराम राई रहेका छन्।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रक जाँच गर्ने क्रममा ४८ वटा पोकामा लुकाइछिपाइ राखिएको करिब ६४७ किलो गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजासहित ट्रकका चालक उमेश र सहचालक तुलारामलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















प्रतिक्रिया