Logo

अर्थ

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण



काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण प्रक्रिया सम्पन्न भएको छ । बैंकको १९औँ वार्षिक साधारणसभाबाट पारित विशेष प्रस्तावअनुसार काठमाण्डौ महानगरपालिका– २, लाजिम्पाटस्थित रजिष्टर्ड कार्यालयलाई काठमाण्डौ महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको हो ।

बैंकको २०८२ कार्तिक २७ गते सम्पन्न वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सोही निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएकोमा नेपाल राष्ट्र बैंकबाट साउन २० गते केन्द्रीय कार्यालय स्थानान्तरणका लागि अन्तिम स्वीकृति प्राप्त भएको छ ।

त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयबाटसाउन २१ गते बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी स्वीकृति समेत प्राप्त भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १०:५२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।