Logo

समाचार

शहीद रविन्द्र मेहताको अन्तिम यात्रामा उर्लियो जनसागर, हजारौँले गरे भावपूर्ण अन्तिम बिदाइ



सुनसरी । देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ।

मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शोकाकुल वातावरणबीच हजारौँ मानिसले सडकमा उपस्थित भएर मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका छन्।

मेहताको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैजाँदा कप्तानगञ्ज शोकमा डुबेको थियो। सहभागीहरूले दिवंगत मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदान र बलिदानको स्मरण गरेका थिए।

देवानगञ्ज घटनामा गोली लागेर मेहताको ज्यान गएपछि उनको परिवार, आफन्त तथा स्थानीय समुदाय गहिरो शोकमा छ। उनको अन्तिम यात्रामा देखिएको जनसहभागिताले घटनाप्रति स्थानीय समुदायको गहिरो भावनात्मक सम्बन्ध र पीडा झल्काएको छ।

 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १३:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।