काठमाडौं । आज पनि सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २,६४२ को विन्दुमा कायम भएको छ ।
आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आइसीएफसीका डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १५ प्रतिशतका दरले गुमाएका छन् ।















प्रतिक्रिया