काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले युवालाई रोजगारी खोजिदिने मात्र नभई उनीहरूको सिर्जनशीलता र क्षमताबाट नयाँ अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताए।
मन्त्रालयका सचिव दीपक काफ्लेले नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा रहेको जानकारी दिए। राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले युवालाई देश निर्माणका आधारस्तम्भका रूपमा व्याख्या गरे।















प्रतिक्रिया