Logo

राजनीति

रास्वपाको जग कमजोर, संरचना ठूलो : रवि लामिछाने



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको बताएका छन्। अब पार्टीलाई सुरक्षित र बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उनले बताए।

युवा दिवसको कार्यक्रममा उनले रास्वपाले परिणाम दिन नसके ‘युवाहरू अनुभवहीन हुन्छन्’ भन्ने घातक भाष्य बन्न सक्ने भन्दै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।

उनले रास्वपा अब ‘वैकल्पिक शक्ति’ मात्र नभई देशको ‘निर्विकल्प शक्ति’ बन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार २१:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।