Logo

प्रमुख समाचार

सांसदको प्रश्न : सिडियोलाई छोटे राजा र मुख्यमन्त्रीलाई दास बनाउन खोजेको हो ?



प्रतिनिधीसभाका सांसदहरुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकको चर्काे विरोध गरेका छन् । सत्ता र प्रतिपक्षका सांसदहरुले संघियता विरोधी विधेयक संसदमा आएको भन्दै आक्रोस पोखेका छन् ।

नेकपा सांसद जनार्दन शर्मा, रेखा शर्मा, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र प्रतिपक्ष दलका सांसद अमरेशकुमार सिंहले संघियता विरोधी ऐन संसदमा आएको भन्दै आपत्ति जनाए । प्रस्तुत बिधेयक जस्ताको जस्तै पारित भए मुख्यमन्त्रीभन्दा सिडियो सिनियर हुने जिकिर समेत गरेका छन् ।

सांसद कृष्ण भक्त पोखरेलले संविधानले संघ प्रदेश र स्थानीय तहको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा हुने भनेकाले त्यही अनुसार सबै प्रकारका कानूनहरु निमार्ण हुनुपर्ने बताए भने सांसद प्रदीप यादवले मुख्यमन्त्रीलाई दास बनाउने र सीडीओलाई राजा बनाउने गरी विधेयक संसदमा आएको बताए । ‘सीडीओलाई छोटे राजा र मुख्य मन्त्रीलाई सेना बिनाको सेनापाति बनाउन खोज्यो’, उनले भने, ‘संघीयताले मुख्य मन्त्रीलाई बलियो बनाउन खोजेको हो । दास होइन ।’

सांसद रेखा शर्माले सचिव केन्द्रले पठाउने, सीडीओ केन्द्रले पठाउने गर्दा संघ र प्रदेशका बीचमा द्धन्द हुने चेतावनी पनि दिएकी छिन् । भारतजस्तो संघियताको अभ्यास गरेको देशमा पनि सिडिओ प्रदेश मातहत रहने गरेको इतिहासपनि सांसदहरुले खोलेका छन् ।

यही बिधेयकलाई लिएर नेकपाभित्र चर्काे विवाद पनि भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोसित बनेका छन् भने नेता जनार्दन शर्माले संघियता विरोधी हर्कत गरे सरकारबिरुद्ध लड्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ४ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।