Logo

प्रदेश २

कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ



रौतहटमा छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बृन्दावन नगरपालिका-७ धमौरा गाउँ बस्ने १९ वर्षीय बिकाश पासवान र ५५ वर्षीय विन्दा पासवानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिकाश समेतले कुटपिट गर्दा गम्भीर घाइते भएका अमिरीको गरुडा बजारस्थित गरुडा सिटि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।           

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार