Logo

समाचार

भोटेकोशी बाढी : ८ जिल्लामा ७९४ शव फेला



काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि हालसम्म ८ जिल्लाबाट ७९४ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ६१, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९७ र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको हो।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिँदै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै अवरुद्ध सडक खुलाउने काम पनि गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार २०:१७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।