६९ औं प्रजातन्त्र दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले एक शुभकामना सन्देश जारी गरेका छन् । उक्त सन्देशमा भनिएको छ, ६९ औं प्रजातन्त्र दिवसको पावन अवसरमा हाम्रा सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी, बहिनी, दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।
नयाँ संविधान मार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली स्थापित तथा संस्थागत गरि सकेपछि अव लोकतान्त्रिक सोच संस्कार व्यवहार र कार्यशैलि मार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरी आम जनतालाई राजनैतिक स्वतन्त्रता रअधिकार संगै आर्थिक सामाजिक साँस्कृतिक अधिकार समेत प्रत्याभूत गर्नुपर्ने बेला भएको छ,।
साथै हामीले पनि यस स्थानिय तहमा सुशासन दु्रतरुपमा आर्थिक सामाजिक विकास लगायत सवै क्षेत्रमा समृद्धि हासिल गरी नेपाली जनताको अपेक्षा र बीर अमर शहीदहरुको सपना साकार पार्नु हामीसवैको सामुहिक दायित्व र कर्तव्य रहेको छ । यसका लागि हिजो संघर्षका दिनमा जस्तै हामी सवै बीच एकता सहकार्य र सहमति हुन आवश्यक छ ।
विगतको इतिहासको समीक्षा गर्दै त्यसबाट प्राप्त शिक्षा र अनुभवबाट निर्देशित हुँदै यस गाउँपालिकालाई चौतर्फि रुपमा समृद्धिको बाटोमा हिडाउन सकियोस् भन्ने शुभेच्छा सहित पुन प्रजातन्त्र दिवस २०७५ को शुभ अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना प्रकट गर्दछु, शुभकामना सन्देशमा भनिएको अध्यक्षका प्रेश संयोजक आशिष भारद्धाजले जानकारी गराए ।
प्रतिक्रिया