Logo

मनोरञ्जन

मीरा राणा एकल सांगीतिक साँझ सम्पन्न



काठमाडौं । मीरा राणा क्यान्सर समाजको आयोजनामा गायिका मीरा राणाको एकल सांगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा गायिका राणाले विभिन्न सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

सो अवसरमा वरिष्ठ गायिका मीरा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएको ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी, शम्भुजीत बास्कोटासँग उनले गाएको ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’ तथा ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै, राणाका एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीत पनि कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित दर्शक तथा शुभेच्छुकहरूले गायिका राणाका सांगीतिक प्रस्तुतिको आनन्द लिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १९:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।