काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।
गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन तथा जीविकोपार्जनमा ठूलो चुनौती र अवरोध सिर्जना भएको बताए ।
प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोग पुर्याउन बैंकले कोषमा योगदान गरेको जनाएको छ।



















प्रतिक्रिया